२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पार्टीको सुझाव कार्यान्वयनका लागि एमालेले सरकारलाई दबाब दिने

१८ भाद्र २०८१, मंगलवार ११:५४

भदौ १८,  काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ ।

मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो । पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिए ।


त्यसैगरी कार्ययोजनामा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रूपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ । 

सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरूलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

उनले भने, ‘खासगरीकन सरकार र जनप्रतिनिधिहरुको परिचालन गर्दाखेरी जनता र राष्ट्रको हितको पक्षमा सरकारको तर्फबाट भएका कामरुलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा र विभिन्न विभागहरुबाट प्राप्त सुझावको आधारमा पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभन्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने विषयमा विशेष जोड गरिएको छ । जनप्रतिनिधि र पार्टी कमिटीमार्फत स्थानीय जनताको अपेक्षा र जनसमर्थन विस्तारमा योजना अनुरुप तयार पारिएको मुद्दाहरुलाई सुत्रवद्ध गरी राज्यका निकायहरुमा प्रस्तुत गर्ने कुरामा विशेष जोड दिइएको छ । पार्टी नेतृत्वमा रहेका पालिका र वडाहरु समेत स्थानहरुमा उनीहरुको भूमिकालाई प्रभावकारी र जनप्रिय र लोकप्रिय बनाउने कुरामा आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने कुरामा विशेष जोड दिइएको छ ।’

एमाले पोलिटब्यूरो बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा पेस गरिएको महासचिव पोखरेलको वार्षिक कार्ययोजनामाथि छलफल गर्न सो बैठक बोलाइएको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ । विभागका प्रमुख गौतमले सो बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताए । 

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का