२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिर्तामोडमा भेटिएकी अस्मिताको बयान- दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ

२०८१, १९ भाद्र बुधबार ११:०१

भदौ १९, काठमाडौं | मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । उनले पतिले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छन् ।

उनले आफूले छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको बताएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए ।

उनले भने,‘पहिला आफूले विष खाएर छोरीहरूलाई पनि खुवाएको देखिएको छ । कम विष भएकाले उनलाई भने डोज पुगेनछ । ’


दाहालले बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएको बताए । उनकाअनुसार विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको दाहालले बताए ।

सुन्दरहरैँचा-७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की गत शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए ।

घटनाको ५ दिनपछि झापा बिर्तामोडको सडकमा अस्मितालाई अस्वस्थ्य अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बन्दै गरेको घरमा पति अर्जुन कार्कीसँग विवाद हुँदा उनी २ छोरी लिएर घर छाडेर हिँडेकी थिइन् । प्रहरीले अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन