२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

१९ भाद्र २०८१, बुधबार ११:१५

भदौ १९, काठमाडौं | दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले अक्टोबर २१ मा माल्दिभ्स र २४ तारिख श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का