२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस वर्षका लागि इन्द्रजात्राको साइत यस्तो छ !

२०८१, २० भाद्र बिहीबार ०२:५४

भदौ २०, काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ ।

सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन गर्न विगत वर्षका क्रियाकलाप र खर्च समीक्षा गरिएको थियो । वैठक यस वर्षका क्रियाकलापलाई  स्वचालित बनाउने, गुठियार तथा साझेदारहरुलाई प्रोत्साहित गर्ने, श्रद्धालु र जात्रा अवलोकनका लागि आउनेहरुको अवलोकन सहज बनाउने विषयमा केन्द्रित थियो ।

गएका बर्षहरुमा जात्रा सञ्चालनका लागि प्रदान गर्नु पर्ने रकम समयमा प्राप्त हुन नसकेकोले कार्य सञ्चालन कठिन भएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेपछि समितिका संयोजक आशामान संगतले, खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताए । ‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनःस्थापना गर्दैछौँ । राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिन त कुरै आउँदैन ।’ उनले थप गर्दै भने, ‘कुरा यत्ति हो । सार्वजनिक कोषबाट हुने खर्च प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम हुन्छ ।’ आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने हरेक जात्रा र पर्वको महानगरपालिकाले अभिभावकत्व लिने संयोजक संगतको भनाइ थियो । 

बैठकबाट जात्रा सञ्चालनका लागि उत्साहित भएका छौँ । व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले भने, ‘महानगरपालिका र व्यवस्थापन समिति एकै ठाउँमा भएर जात्रा सञ्चालन गर्दैछौँ । यसबाट व्यवस्थापनमा सहजता आउनेछ ।’

वैठकमा जात्रा सञ्चालन कोषमा रकम उपलब्ध गराउने, गुठियारहरुलाई परेका समस्याको सुनुवाई गरेर सहजीकरण गर्नेलगायत विषयमा कुराकानी भएको थियो । समितिका उपाध्यक्ष दिपकप्रसाद श्रेष्ठले भने, ‘समयमा निर्णय गर्न पाए जात्राका क्रियाकलापको तयारीलाई व्यवस्थित गराउन सकिन्छ । हतारमा हुने काममा केही न केही छुट्छ नै ।’     

यस वर्षका लागि इन्द्रजात्राको साइत आइसकेको छ । यसअनुसार भोलि विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुन्छ । वेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तन हुन्छ । 

२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण