२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

२० भाद्र २०८१, बिहीबार ०७:००

भदौ २०, काठमाडौँ । भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् । 

परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौता भएको छ । सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद भवन पुगेका थिए, जहाँ उनको स्वागत गरिएको थियो । 


प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता भयो, त्यसपछि सम्झौतामा हस्ताक्षर भयो ।

प्रधानमन्त्री मोदीले लरेन्स वाङलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भने, 'सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा हो । हामी भारतमा धेरै सिङ्गापुरहरू पनि बनाउन चाहन्छौं र हामी यस दिशामा सँगै काम गरिरहेकोमा म खुसी छु । 

सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी ब्रुनाई गएका थिए । यो सानो एसियाली देश ब्रुनाईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । ब्रुनाई कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिङ्गापुर नजिकैको एउटा सानो देश हो, जसको जनसंख्या करिब ४ लाख ६१ हजार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का