२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपसभामुखलाई हटाउन खोजिएको छैन, थिएन : एमाले

२०८१, ३० भाद्र आईतवार ०८:२९

भदौ ३०, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे। 

‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने। 

रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उनले बताए। 


‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ मुख्य सचेतक बर्तौलाले भने। 

प्रतिपक्षी दलले कुनै विषय बाँकी नभएपछि उपसभामुखको विषय बाहिर ल्याएको उनले बताए। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही