२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपसभामुखलाई हटाउन खोजिएको छैन, थिएन : एमाले

३० भाद्र २०८१, आईतवार ०८:२९

भदौ ३०, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे। 

‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने। 

रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उनले बताए। 


‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ मुख्य सचेतक बर्तौलाले भने। 

प्रतिपक्षी दलले कुनै विषय बाँकी नभएपछि उपसभामुखको विषय बाहिर ल्याएको उनले बताए। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव