४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आगलागीका घटना धेरै हुन नदिन अग्नि नियन्त्रण तालिम सम्पन

१७ बैशाख २०७३, शुक्रबार १४:२९

जीवराज बख्रेल । वैशाख १७, हेटौंडा । गर्मी मौसममा आगलागीका घटनाहरु धेरै
हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको
आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन भएको छ ।

अग्नि
नियन्त्रण सम्बन्धी नयाँ प्रविधिको ज्ञान, वारुणयन्त्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै आगलागीबाट
धनजनको क्षति कम गराउन सघाउ पुर्याउने उद्देश्यका साथ नारायणी र जनकपुर अञ्चलका नौ वटा नगरपालिकाको
अग्नि नियन्त्रण शाखामा काम गर्ने १७ जना कर्मचारीको लागि सोमबारबाट हेटौँडामा तालिम सुरु भएको थियो ।
हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा तालिमको समापन
भएको थियो । पोखरेले पछिल्लो समय आगलागीका घटनामा अत्यन्तै वृद्धि भइरहेकाले त्यसको नियन्त्रण र घटना
हुँदाको समयमा गर्नुपर्ने उद्धारका लागि यस्तो किसिमको तालिमले महत्वपूर्ण भुमिकाका खेल्ने बताउनु साथै
आफू बचेर अरुलाई बचाउने कार्यमा लाग्नको निम्ति कर्मचारीलाई अनुरोध समेत गर्नु भएको छ ।

उहाले मकवानपुर जिल्ला आगालागि नियन्त्रण गर्नको लागि एक मात्र एन्त्र भएकोले
समस्या रहेको र आवश्यकतालाई परिपूर्ति गर्नको लागि सक्दो पहल गरिरहेको बताउनु भयो । स्थानीय शासन तथा
सामुदायिक विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले आधारभुत अग्नि नियन्त्रण तालिम दिएको नगरपालिकाका
प्रशासन महाशाखा प्रमुख शंकर उपाध्यायले जानकारी दिनु भयो । तालिममा जुद्ध वारुणयन्त्र कार्यालय
काठमाण्डौँका स्रोतव्यक्ति किशोर भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता