भदौ ३०, काठमाडौँ । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ बस्दै आएका ४२ वर्षीय राम कुमार जिमी छन् ।
उनले जापान पठाउँछु भनेर ३ जनाबाट ४ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । सुन्धाराबाट पक्राउ गरेर आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी आचार्यले बताए ।