२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्फा अवार्डमा अनमोल र केकी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित

२०८१, ३१ भाद्र सोमबार ०६:३७

भदौ ३१, काठमाडौँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्।

लण्डनको सम्पन्न अवार्डमा 'फर्की फर्की' बाट अनमोल र 'प्रसाद २' बाट केकीलाई अवार्ड दिइएको हो। 

अवार्डमा 'जारी' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। 

सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड 'दिमाग खराब' बाट आकाश बरालले प्राप्त गरे भने 'प्रसाद २' बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र घोषित भए। 


सर्वोत्कृष्ट छायांकार 'प्रसाद २' बाट राजेश श्रेष्ठ, सर्वोत्कृष्ट सम्पादक फर्की फर्कीबाट सुरेन्द्र पौडेल, सर्वोत्कृष्ट संगीतकार बोक्सीको घरको गीत (बुझिनँ मैले)बाट प्रकाश सपुत, जारीको चरी बस्यो गीतबाट काली प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक, बोक्सीको घरको बुझिन मैलेबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायिका र पुजार सार्कीको गीत दर्शन गरेँबाट शिशिर खत्रीले सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरे।

वर्ष २०२४ को पपुलर अभिनेता–अभिनेत्रीको अवार्ड दयाहाङ राई र मिरूना मगरलाई दिइयो। उनीहरूले फिल्म 'जारी' बाट यो अवार्ड पाएका हुन्। 

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ 'पुजार सार्की' बाट प्रदीप खड्काले अवार्ड जिते भने 'बोक्सीको घर' बाट सुपला सापकोटाले अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। 

पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहलाई दिइँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरूङ घोषित भइन्। यता पर्फमर अफ दि इयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले पाउँदा इन्करेजमेन्ट अवार्ड फिल्म 'लण्डन टु पेरिस' बाट गरिमा शर्माले हात पारिन्। 

यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट अभिनेता भुवन केसीलाई सम्मान गरियो। 

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने हेतुले यो अवार्ड हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन