२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्फा अवार्डमा अनमोल र केकी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित

३१ भाद्र २०८१, सोमबार ०६:३७

भदौ ३१, काठमाडौँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्।

लण्डनको सम्पन्न अवार्डमा 'फर्की फर्की' बाट अनमोल र 'प्रसाद २' बाट केकीलाई अवार्ड दिइएको हो। 

अवार्डमा 'जारी' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। 

सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड 'दिमाग खराब' बाट आकाश बरालले प्राप्त गरे भने 'प्रसाद २' बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र घोषित भए। 


सर्वोत्कृष्ट छायांकार 'प्रसाद २' बाट राजेश श्रेष्ठ, सर्वोत्कृष्ट सम्पादक फर्की फर्कीबाट सुरेन्द्र पौडेल, सर्वोत्कृष्ट संगीतकार बोक्सीको घरको गीत (बुझिनँ मैले)बाट प्रकाश सपुत, जारीको चरी बस्यो गीतबाट काली प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक, बोक्सीको घरको बुझिन मैलेबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायिका र पुजार सार्कीको गीत दर्शन गरेँबाट शिशिर खत्रीले सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरे।

वर्ष २०२४ को पपुलर अभिनेता–अभिनेत्रीको अवार्ड दयाहाङ राई र मिरूना मगरलाई दिइयो। उनीहरूले फिल्म 'जारी' बाट यो अवार्ड पाएका हुन्। 

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ 'पुजार सार्की' बाट प्रदीप खड्काले अवार्ड जिते भने 'बोक्सीको घर' बाट सुपला सापकोटाले अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। 

पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहलाई दिइँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरूङ घोषित भइन्। यता पर्फमर अफ दि इयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले पाउँदा इन्करेजमेन्ट अवार्ड फिल्म 'लण्डन टु पेरिस' बाट गरिमा शर्माले हात पारिन्। 

यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट अभिनेता भुवन केसीलाई सम्मान गरियो। 

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने हेतुले यो अवार्ड हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव