२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विहेको गरेको १५ वर्षपछि श्रीमतीद्वारा बलात्कारको उजुरी, श्रीमान पक्राउ

३१ भाद्र २०८१, सोमबार ०७:०५

भदौ ३१, काठमाडौँ । बौद्धमा छोराछोरीसहित बस्दै आएकी महिलाको उजुरीपछि प्रहरीले वैवाहिक बलात्कारको आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ ।

भदौ १६ गते बिहान श्रीमानले दानवीय व्यवहार गरेको भन्दै जाहेरवालाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी बिहानको ३ बजे जाहेरवालाको कोठा पुगेर उनका श्रीमान् रमेश (नाम परिवर्तन) लाई नियन्त्रणमा लिएको थियो ।

पीडित कमला (नाम परिवर्तन)का अनुसार रमेशले मुखमैथुन गराउनुका साथै योनीमा फलामको रड छिराएका थिए ।

कमलालाई तत्कालै अस्पताल लगिएको थियो । उनी उपचारपछि घर फर्किएर रमेशविरुद्ध उजुरी दिन प्रहरीकहाँ पुगेकी थिइन् । आफूले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले दानवीय व्यवहार गरेको पीडितको दाबी छ ।

पहिलादेखि थियो विवाद

कमला र रमेशको १५ वर्षअघि प्रेम विवाह भएको हो । उनीहरूका एक छोरा र एक छोरी छन् । रमेशले आफू काठमाडौं बाहिर बोलेरो चलाउँदै आएको र बेलाबखत कोठा आउने गरेको प्रहरीलाई बताएका छन् । उनका अनुसार कमला बेलाबखत छोराछोरीलाई कोठामा छोडेर सम्पर्क बाहिर हुने गरेकी थिइन् ।

यसबीचमा कमलाले राष्ट्रिय महिला आयोगमा पनि खान लान नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । आयोगले छलफल गराएर उनीहरूलाई घर पठाएको थियो। कमलाले भदौको साउनको अन्तिम साता बौद्ध प्रहरीमा रमेशविरुद्ध उजुरी गरेकी थिइन् ।

कुटपिट र यातना दिएको, खान लाउन नदिएको निवेदनमा उल्लेख थियो। प्रहरीले दुवैलाई राखेर भदौ १४ गते छलफल गराएको थियो । प्रहरीमा आफूहरू मिलेर बस्ने भन्दै उनीहरू कोठा फर्किएका थिए ।

भोलिपल्ट रमेश र कमलाबीच फेरि झगडा भएपछि प्रहरी आएर उनीहरूलाई मिलाएको थियो । रमेशले कमला बिहानैदेखि हराएर दिउँसो घरमा आएपछि विवाद हुँदा उल्टै आफूले मुक्का खाएको प्रहरीलाई बताएका छन् ।

रमेशविरुद्ध ५ वर्षसम्मकै कैद सजाय माग गरी काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ?