२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपा केन्द्रीय समिति बैठक जारी, शिशिरले के गरे ब्रिफिङ ?

३१ भाद्र २०८१, सोमबार ०७:३४

भदौ ३१,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा जारी रहेको छ । पार्टीको भोलिबाट सुरु हुने राष्ट्रिय भेलाका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

रास्वपाले भोली र पर्सी कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिने भेला आयोजना गर्दैछ । भेलामा एक हजार ५ सय जनाले सहभागिता जनाउने छन् । यही सन्दर्भमा दुई दिन अगाडि बसेको बैठकलाई आज निरन्तरता दिइएको हो । राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनबारे बैठकमा छलफल भइरहेको छ ।


आजै रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीका लागि छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाउँदैछ ।

रास्वपा बैठकमा संसदीय समितिमा पार्टीको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य शिशिर खनाल केहीबेर उपस्थित भएका थिए । उनले संसदीय समितिले बनाएको प्रतिवेदनबारे ब्रिफिङ गरे ।

स्रोतका अनुसार खनालले प्रतिवेदनबारे मिडियामा आएका समाचारहरू तथ्यपरक नभएको जानकारी दिएका थिए ।

खनालका अनुसार प्रतिवेदनमा सभापति लामिछानेले कुनै पनि सहकारीको रकम अपचलन गरेको भनेर निष्कर्ष निकालिएको छैन ।

उनले भने, ‘सहकारीबाट रकम उहाँले निकाल्नुभएको होइन । मिडियामा आएको रकम खर्च गर्नुभएको हो । त्यहाँ प्रबन्ध निर्देशक भएको हिसाबले उहाँको हस्ताक्षर चल्नु स्वभाविक हो ।’

बदनाम गराउनकै लागि यदि लामिछानेलाई कारबाही सिफारिस गर्न खोजिएमा आफूले असहमति जनाउने उनले जानकारी गराएका थिए । माओवादी र राप्रपाबाट पनि साथ पाउने आशा उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव