२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदिती राव हैदरीले गरिन् साउथ अभिनेता सिद्धार्थसँग विवाह

२०८१, ३१ भाद्र सोमबार ०८:१८

भदौ ३१,  काठमाडौँ । बलिउड अभिनेत्री अदिती राव हैदरी र दक्षिण भारतीय अभिनेता सिद्धार्थले विवाह गरेका छन् । दुवैले वानापर्थीको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । विवाहका तस्वीर सामाजिक सञ्जालमा सेयर भएका छन् ।

फोटोसहित उनीहरुले एकअर्काप्रति मनमोहक नोट पनि लेखेका छन् । ‘तिमी मेरो चन्द्रमा, सूर्य र तारा हौ, सधैं परीकथा जस्तै सँगै रहनु, सधैं हाँस्नु । माया, उज्यालो र जादू सदा रहोस् । मिसेज एण्ड मिस्टर अद्दु–सिद्धु ।


सिद्धार्थ र अदितीले सन् २०२१ मा तमिल-तेलुगु फिल्म ‘महासमुद्रम’मा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् ।

अदिती राव हैदरी दक्षिण र हिन्दी फिल्मकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।


अदिती २८ अक्टोबर १९८६ मा हैदराबादमा जन्मिएकी हुन् । उनका बुवा एहसान हैदरी र आमा विद्या राव हुन् । उनी साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

भरतनाट्यम डान्सरका रूपमा उनले करिअर थालेकी हुन् । प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । त्यहाँ काम गरेपछि अभिनयमा लागिन् । उनले पहिलो पटक सन् २००७ मा तमिल फिल्म ‘श्रृंगाराम’मा अभिनय गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन