२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि !

३१ भाद्र २०८१, सोमबार १०:१६

भदौ ३१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेन आफूले पढ्न नपाएको र सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै लामिछानेले सहकारी समस्या समाधानमा जानुपर्ने बताए । सोमबार नै सहकारी छानबिन विशेष समितिले संसदमा छानबिन प्रतिवेदन पेस गरेपछि लामिछानेले कानुन बमोजिम कमजोरी भए सजाय भोग्न तयार रहेको बताए ।


सहकारीहरुबाट गएको पैसा त्यसले चलाएको त हो भन्ने गरि भाष्य बनाउन खोजिएको उनको दुखेसो छ । पैसा आइसकेपछि आन्तरिक प्रशासन चलाउन चेक नकाटेर घाँस काट्ने कुरा नहुने चेक नै काट्नु पर्ने बताए ।

‘अझै पनि भास्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि!’

आफूमाथि लागेको लाञ्छानालाई छानबिन समितिले प्रष्ट बनाएको उनको भनाइ छ । लामिछानेले कानुनविपरित गडबड गरेको भए सजायको भागीदार हुन आफू तयार रहेको बताए ।

‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ । प्रचलित कानुनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्‍यौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव