२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि !

२०८१, ३१ भाद्र सोमबार १०:१६

भदौ ३१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेन आफूले पढ्न नपाएको र सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै लामिछानेले सहकारी समस्या समाधानमा जानुपर्ने बताए । सोमबार नै सहकारी छानबिन विशेष समितिले संसदमा छानबिन प्रतिवेदन पेस गरेपछि लामिछानेले कानुन बमोजिम कमजोरी भए सजाय भोग्न तयार रहेको बताए ।


सहकारीहरुबाट गएको पैसा त्यसले चलाएको त हो भन्ने गरि भाष्य बनाउन खोजिएको उनको दुखेसो छ । पैसा आइसकेपछि आन्तरिक प्रशासन चलाउन चेक नकाटेर घाँस काट्ने कुरा नहुने चेक नै काट्नु पर्ने बताए ।

‘अझै पनि भास्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि!’

आफूमाथि लागेको लाञ्छानालाई छानबिन समितिले प्रष्ट बनाएको उनको भनाइ छ । लामिछानेले कानुनविपरित गडबड गरेको भए सजायको भागीदार हुन आफू तयार रहेको बताए ।

‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ । प्रचलित कानुनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्‍यौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो