२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसले भन्यो- रविले निर्धक्क रूपमा ‘क्लिन चीट’ पाएँ भन्न मिल्दैन

३१ भाद्र २०८१, सोमबार १०:३६

भदौ ३१, काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘क्लिन चीट’ पाएँ भन्ने नमिल्ने बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।


“उहाँ (रवि लामिछाने) गोरखा मिडियाको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । त्यो मिडिया सहकारीबाट पैसा लिएरै सञ्चालन गर्नुभएको देखिन्छ । ८५ करोड लिएर कहाँ-कहाँ के-के गर्नुभयो ? अनि निर्धक्कपूर्वक क्लिन चीट पाएँ भन्दै घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार के हुन्छ ? त्यो मिल्दैन,” उनले भने ।

उनले प्रतिवेदनअनुसार कारबाही अगाडि बढाउने बताए । उनले दोहोर्‍याए, “संक्षिप्त प्रतिवेदनबाटै के आयो भने गोरखा मिडिया सहकारीबाटै चलेको रहेछ ।”

यसअघि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता भएको पुष्टि भएको बताएका थिए । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो,” उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव