२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसले भन्यो- रविले निर्धक्क रूपमा ‘क्लिन चीट’ पाएँ भन्न मिल्दैन

२०८१, ३१ भाद्र सोमबार १०:३६

भदौ ३१, काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘क्लिन चीट’ पाएँ भन्ने नमिल्ने बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।


“उहाँ (रवि लामिछाने) गोरखा मिडियाको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । त्यो मिडिया सहकारीबाट पैसा लिएरै सञ्चालन गर्नुभएको देखिन्छ । ८५ करोड लिएर कहाँ-कहाँ के-के गर्नुभयो ? अनि निर्धक्कपूर्वक क्लिन चीट पाएँ भन्दै घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार के हुन्छ ? त्यो मिल्दैन,” उनले भने ।

उनले प्रतिवेदनअनुसार कारबाही अगाडि बढाउने बताए । उनले दोहोर्‍याए, “संक्षिप्त प्रतिवेदनबाटै के आयो भने गोरखा मिडिया सहकारीबाटै चलेको रहेछ ।”

यसअघि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता भएको पुष्टि भएको बताएका थिए । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो,” उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन