२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीज्यू, फेसबुकमा भिडियो र समाचार हालेर देश बन्दैन : सांसद शाही

३१ भाद्र २०८१, सोमबार १०:५४

भदौ ३१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले फेसबुकमा भिडियो र समाचार हालेर देश नबन्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर जुम्लाका स्याउले प्राथामिकता नपाएको प्रसङ्ग निकाल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर फेसबुकमा कसैको भिडियो र समाचार हालेर देश नबन्ने बताएका हुन्।

उनले भने, ‘जुम्लाका किसानले ५० करोडभन्दा माथिको स्याउ उत्पादन गरेका छन्। ६ अर्बको स्याउ हामी बाहिरबाट किन्छौँ। फेसबुक र टिकटकमा लाइभ आएर, फेसबुकमा कसैको भिडियो र समाचार हालेर देश बन्दैन। किसानले उत्पादन गरेको स्याउलाई प्राथमिकता दिनुपर्‍यो र बाहिरबाट आएका स्याउलाई चेकजाँच गर्न पर्‍यो।’


उनले जुम्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएर रुन पर्ने अवस्था भएको बताए। शाहीले एक भाटभटेनीबाट आफूले ३५४ रुपैयाँ हालेर स्याउ किनेको बिल देखाउँदै नेपालमा विषादी मिसाएका स्याउहरू आयात हुने गरेको तर जुम्लाका किसानले उत्पादन गरेको स्याउ ७० रुपैयाँमा पनि किन्न कोही तयार नरहेको बताए।

उनले भने, ‘बाहिरबाट आएका किलोको ३५४ रुपैयाँका स्याउ नेपालका ठूला भाटभटेनीदेखि सुपरमार्केटमा छन्। तर, जुम्लाका  किसानले उत्पादन गरेको स्याउ ७० रुपैयाँमा पनि यहाँका सिन्डिकेटहरूले किन्न तयार छैनन्। मन्त्री भागेकाभाग्यै छन्। यस्तो विषादी मिसाएका स्याउ बजारमा छरपस्ट छ, यसले जनजीवन असर पर्छ। आज किसान दुःखी छन् सरकार केही पनि गर्दैन।’

बाहिरबाट स्याउ आयात गर्दा त्यसको चेकजाँच हुनपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव