२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समितिकी सदस्य न्यौपाने भन्छिन् – रवि जीबी राई जत्तिकै दोषी

२०८१, ३१ भाद्र सोमबार ११:२२

भदौ ३१, काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिकी सदस्य ईश्वरी न्यौपानेले रास्वपा सभापति रवि लामिछाने दोषी रहेको बताएकी छन् ।

समितिले संसद्‌मा प्रतिवेदन बुझाएपछि लामिछानेले सञ्चारकर्मीसँग बोल्दै ‘आफूले क्लिन चिट पाएको’ पाएको दाबी गरेपछि समितिकी सदस्य न्यौपानेले यस्तो बताएकी हुन् ।


सञ्चारकर्मीसँगको कुराकानीमा न्यौपानेले गोरखा मिडिया प्रालिमा भएको रकम अपचलनमा लामिछानेसहित जीबी राई, कुमार रम्तेल र छवि जोशी पनि बराबर दोषी रहेको बताइन् ।

गोरखा मिडियामा आएको ८५ करोडको खर्च गर्ने क्रममा जीबी राईले एक ठाउँमा मात्रै हस्ताक्षर गरेको र अन्य सबै ठाउँमा रविले खर्च गरेको पाइएको उनको भनाइ छ ।

उनले भनिन्, ‘‘गोरखा मिडिया प्रालिमा सहकारीबाहेक कहीँबाट पैसा आएको छैन । आम्दानी १० करोड जति देखिन्छ । अरु ८५ करोड सहकारीबाट गैरकानूनी रूपमा आएको छ । सहकारीबाट यसरी कम्पनीमा रकम लिने र दिने दुवै दोषी हुन्छ ।’’

न्यौपानेले थप भनिन्, ”रवि कार्यक्रम प्रस्तोतामात्रै भएको भए प्रश्न उठ्ने थिएन । तर, उहाँ प्रबन्ध निर्देशक र शेयर होल्डर हुनुहुन्छ । जीबी राईको सानो एकाउन्टमा सिग्नेचर तर, गोरखा मिडियामा पैसा आएपछि एक ठाउँमा जीबी राईको नाम छ । अन्यत्र सबै ठाउँमा रविको हात छ । अब को हो दोषी तपाईंहरू आफैं भन्नुस् ।’​’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह