२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गगनलाई रविको जबाफः प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम

१ आश्विन २०८१, मंगलवार ०६:३३

असोज १, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।

मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे। यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछाने सहितका सञ्चालकहरूले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ।


कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोर्खा मिडियातिर ध्यान केन्द्रित हुने बताए।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो? भन्दै प्रश्न समेत गरे। उनले प्रमाण छ भनेको नभई महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे।  

उनले भने, ‘अब सहकारीतिरबाट गोर्खा मिडियातिरको कुरा हुन्छ। गोर्खा मिडियातिर जान्छ अब। सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग। सहकारी ठग भन्ने कुरा त लगभग सकियो। प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रीय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि!  कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि। म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुपर्‍यो नि। मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो। प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव