२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिप दुर्घटनाका दुई जना घाइतेको उपचार क्रममा मृत्यु

२०८१, १ आश्विन मंगलवार ०७:०२

असोज १, काठमाडौँ । सल्यानमा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। 

त्रिवेणी गाउँपालिका–४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र सोही ठाउँकी ५२ वर्षीया लाली रावतको उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार साहुको जिल्ला अस्पताल सल्यान खलंगामा राति दश बजे र रावतको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।


गम्भीर घाइते रावतलाई दाङको तुलसीपुरपछि थप उपचारका लागि घोराही लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए। 

जिप दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ की ४० बर्षीया पूर्णकला बस्नेत, सोही ठाउँका २९ वर्षीय रबिन्स महतरा र जिपका चालक त्रिबेणी – ३ छत्रपालका २८ बर्षीय चालक कमल रेउले घाइते भएका छन्।  सबै घाइतेहरूका दाङमा उपचार जारी छ। 

सोमबार बेलुकी करिब ७ बजेतिर भित्री सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको यात्रुवाहक बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डे २५ मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन