२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिप दुर्घटनाका दुई जना घाइतेको उपचार क्रममा मृत्यु

१ आश्विन २०८१, मंगलवार ०७:०२

असोज १, काठमाडौँ । सल्यानमा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। 

त्रिवेणी गाउँपालिका–४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र सोही ठाउँकी ५२ वर्षीया लाली रावतको उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार साहुको जिल्ला अस्पताल सल्यान खलंगामा राति दश बजे र रावतको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।


गम्भीर घाइते रावतलाई दाङको तुलसीपुरपछि थप उपचारका लागि घोराही लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए। 

जिप दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ की ४० बर्षीया पूर्णकला बस्नेत, सोही ठाउँका २९ वर्षीय रबिन्स महतरा र जिपका चालक त्रिबेणी – ३ छत्रपालका २८ बर्षीय चालक कमल रेउले घाइते भएका छन्।  सबै घाइतेहरूका दाङमा उपचार जारी छ। 

सोमबार बेलुकी करिब ७ बजेतिर भित्री सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको यात्रुवाहक बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डे २५ मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव