२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा समारोहमा आएका युवायुवतीलाई प्रहरीले धपायो

१ आश्विन २०८१, मंगलवार ०७:२१

असोज १, काठमाडौँ । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन एक दर्जनजति युवायुवती समारोहस्थलबाट निकालिएका छन् । उनीहरूले बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर आएका थिए ।

समारोह सुरू हुनु अगाडि नै बालेनका समर्थकको चहलपहल बढिरहेको छ । केही युवायुवतीहरूको झुण्डले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट फर्कायो । उनीहरूलाई समारोहस्थलबाट पर लगेर छोडिएको थियो । ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।


हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति रहने भए पनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए ।

यसपालि भने बालेन सम्भवतः समारोहमा उपस्थित हुने छैनन् । सचिवालयका अनुसार इन्द्रजात्रा समारोह छल्ने रणनीति अनुसार उनी भारतको बैंगलोर गएका थिए । आज उनी फर्किनेछन् । तर, समारोहमा आइनपुग्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग सामाजिक सञ्जालमा भिडिरहेकाले उनले आजको समारोह बहिष्कार गर्न लागेका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थहरुको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव