२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिके राउतको चरित्र हत्या र श्रीमतीलाई मानसिक यातना दिएको भन्दै पत्रकारसहित चारजनाविरुद्ध मुद्दा दायर

१ आश्विन २०८१, मंगलवार ०७:५५

असोज १, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो चरित्र हत्या र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको आरोपमा चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

डा. सिके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। न्यौपानेमार्फत दायर गरिएको गाली बेइज्जती मुद्दामा तीन वर्षको कैद सजाय माग गरिएको छ। फिरादपत्रमा उल्लेख भएअनुसार, आरोपीहरुले सुनियोजित रुपमा समाचार लेखेर तथा श्रीमतीलाई पटक-पटक फोन गरी मानसिक यातना दिएको बताइएको छ। डा. राउतको श्रीमतीलाई अनाहकको तनाव दिने, फोनमार्फत गलत प्रश्न सोध्दै विक्षिप्त बनाउने प्रयास गरिएको आरोप लगाइएको छ।


मुद्दामा रक्तमाला पब्लिकेशन्स तथा शीर्ष खबर प्रा.लिका सम्पादक र पत्रकारलाई समेत आरोपी बनाइएको छ, उनीहरुले डा. राउतको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार लेखेको आरोप छ। यसबाहेक सप्तरी जिल्लाका दुई व्यक्तिविरुद्ध पनि, ती समाचारहरु सामाजिक सञ्जालमा शेयर गरी चरित्र हत्या गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

डा. राउतकी श्रीमती मानसिक रूपमा अस्वस्थ रहँदै आएकी र उनलाई थप मानसिक यातना दिने उद्देश्यले बारम्बार फोन गरिएपछि मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव