२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

२०८१, १ आश्विन मंगलवार ०९:०५

असोज १, काठमाडौँ । इन्द्रजात्राको अवसरमा मंगलबार काठमाडौंको बसन्तपुरमा बालेन साहको टिसर्ट लगाएर आएका युवाहरूलाई स्थानीयहरूको विरोधपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको सुरक्षाका लागि यस्तो कदम चालिएको दाबी गरेको छ। उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार, ती युवाहरूले बालेनको पक्षमा नाराजुलुस गर्ने संकेत देखिएपछि स्थिति नियन्त्रणमा लिनुपर्ने अवस्था आएको थियो। एक प्रहरी अधिकृतले भने, "कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस हुन सक्ने देखेर त्यसलाई रोक्न केही युवाहरूलाई नियन्त्रणमा लिइयो।"


तर, काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले घटनालाई फरक रूपमा प्रस्तुत गर्दै भने, "इन्द्रजात्रा जात्रा भगवानको सम्मान र प्रचारप्रसार गर्ने अवसर हो। स्थानीयले जात्रामा अन्य गतिविधिहरू नगर्न आग्रह गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको हो।"

यसैबीच, इन्द्रजात्राको अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको बसन्तपुर जाने कार्यक्रम पनि रहेको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ पारिएको छ, किनकि जात्रामा प्रधानमन्त्रीको सहभागिताको सम्भावना र अन्य विशेष अतिथिहरूको आगमनले भीड नियन्त्रणमा चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन