२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

१ आश्विन २०८१, मंगलवार ०९:०५

असोज १, काठमाडौँ । इन्द्रजात्राको अवसरमा मंगलबार काठमाडौंको बसन्तपुरमा बालेन साहको टिसर्ट लगाएर आएका युवाहरूलाई स्थानीयहरूको विरोधपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको सुरक्षाका लागि यस्तो कदम चालिएको दाबी गरेको छ। उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार, ती युवाहरूले बालेनको पक्षमा नाराजुलुस गर्ने संकेत देखिएपछि स्थिति नियन्त्रणमा लिनुपर्ने अवस्था आएको थियो। एक प्रहरी अधिकृतले भने, "कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस हुन सक्ने देखेर त्यसलाई रोक्न केही युवाहरूलाई नियन्त्रणमा लिइयो।"


तर, काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले घटनालाई फरक रूपमा प्रस्तुत गर्दै भने, "इन्द्रजात्रा जात्रा भगवानको सम्मान र प्रचारप्रसार गर्ने अवसर हो। स्थानीयले जात्रामा अन्य गतिविधिहरू नगर्न आग्रह गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको हो।"

यसैबीच, इन्द्रजात्राको अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको बसन्तपुर जाने कार्यक्रम पनि रहेको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ पारिएको छ, किनकि जात्रामा प्रधानमन्त्रीको सहभागिताको सम्भावना र अन्य विशेष अतिथिहरूको आगमनले भीड नियन्त्रणमा चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव