२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलिदेखि सर्वसाधारणले धरहरा नि:शुल्क चढ्न पाउने

२०८१, २ आश्विन बुधबार ०८:३८

असोज २, काठमाडौं । संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुने भएको छ । गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

वि.सं. १८८२ मा भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण गरिएको धरहरा १९९० को भूकम्पले माथिका दुई तला भत्किएपछि ९ तला रहेको थियो । । पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भएपछि विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो । यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।


२०७८ वैशाख ११ पूर्ण रुपमा काम नसकिई त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे पनि निर्माण सम्पन्न हुन नसकेका कारण सञ्चालनमा आउन नसकेको हो । अझै धरहरा निर्माणको केही काम बाँकी रहेकाले तत्काल सरकारले अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइएको छ । भोलिदेखि सञ्चालन आउने धरहरा सर्वसाधारणले नि:शुल्क चढ्न पाउनेछन् । शहरी विकास मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरले तत्काल धरहरा चढ्न शुल्क निर्धारण नगरिएको बताइन् । यद्यपि, केही समयपछि पनि शुल्क निर्धारण गरेर सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह