२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलिदेखि सर्वसाधारणले धरहरा नि:शुल्क चढ्न पाउने

२ आश्विन २०८१, बुधबार ०८:३८

असोज २, काठमाडौं । संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुने भएको छ । गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

वि.सं. १८८२ मा भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण गरिएको धरहरा १९९० को भूकम्पले माथिका दुई तला भत्किएपछि ९ तला रहेको थियो । । पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भएपछि विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो । यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।


२०७८ वैशाख ११ पूर्ण रुपमा काम नसकिई त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे पनि निर्माण सम्पन्न हुन नसकेका कारण सञ्चालनमा आउन नसकेको हो । अझै धरहरा निर्माणको केही काम बाँकी रहेकाले तत्काल सरकारले अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइएको छ । भोलिदेखि सञ्चालन आउने धरहरा सर्वसाधारणले नि:शुल्क चढ्न पाउनेछन् । शहरी विकास मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरले तत्काल धरहरा चढ्न शुल्क निर्धारण नगरिएको बताइन् । यद्यपि, केही समयपछि पनि शुल्क निर्धारण गरेर सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव