२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गायिका सेलेना गोमेज आमा बन्न नसक्ने

२०८१, २ आश्विन बुधबार ०९:२३

असोज २, काठमाडौँ । अमेरिकी गायिका तथा व्यवसायी सेलेना गोमेजले हालै एक अन्तरवार्तामा आफू कहिल्यै आमा बन्न नसक्ने खुलासा गरेकी छिन्। ३२ वर्षीया गायिका सेप्टेम्बरको सुरुमा ब्लूमबर्गको अर्बपतिहरूको सूचीमा स्थान पाउन सफल भएकी थिइन्, तर केही दिनपछि उनले आफ्ना स्वास्थ्य समस्याका कारण भविष्यमा सन्तान जन्माउन नसक्ने जानकारी दिइन्।


गोमेजले भनेकी छिन्, "दुर्भाग्यवश, मैले आफ्नै सन्तान जन्म दिन सक्दिनँ भन्ने कुरा थाहा पाउँदा लामो समयसम्म म भावनात्मक रूपमा आघातमा रहेँ।" 

सेलेना आमा बन्न नसक्नुको कारण उनलाई लागेको लुपस नामक अटोइम्यून रोग छ । यही रोगका कारण उनले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गर्नुपरेको थियो । यस रोगमा प्रतिरक्षा प्रणाली अति सक्रिय हुन्छ र शरीरका अंग र तन्तुहरूलाई शत्रु सम्झेर आक्रमण गर्न थाल्छ । यसका कारण इन्फ्लेमेशन हुन्छ अर्थात् शरीर सुन्निन थाल्छ । त्यसपछि मृगौला, फोक्सो र मुटु जस्ता महत्त्वपूर्ण अंगहरूलाई असर गर्छ । यसले गर्भावस्थालाई पनि असर गर्ने सम्भावना रहेको बताइन्छ।

सेलेनाले आमा बन्ने आफ्नो सपना त्याग्नुपरेकोमा दुखेसो पोख्दै, आफ्नो स्वास्थ्यका कारण बच्चाको जीवन खतरामा पर्ने डरले यस्तो निर्णय लिनुपरेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह