२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाका संगठित सदस्य १ लाख ४० हजार भन्दा बढी, कुन प्रदेशमा कति पुगे ?

२ आश्विन २०८१, बुधबार १०:१६

असोज २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या १ लाख ४० हजार नाघेको छ । पार्टीको मंगलबारबाट काठमाडौंमा जारी प्रथम राष्ट्रिय भेलामा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यको संख्या १ लाख ४० हजार भन्दा धेरै रहेको उल्लेख गरेका छन् ।

बुर्लाकोटीले उल्लेख गरेको संख्या तीन वर्ष अघि बनेको नेकपा एकीकृत समाजवादीको भन्दा धेरै हो । हाल एकीकृत समाजवादीमा करिव १ लाख ३२ हजार संगठित सदस्य संख्या रहेका छन् ।


रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।

रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।

पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ ।

बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना ९वैशाखमा० प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन् ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला बुधबार सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव