२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान सम्झौता सुरु

१९ कार्तिक २०७३, शुक्रबार १२:११

कात्तिक १९, काठमाडौँ । भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार वितरण गर्न काठमाडौँ उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ । 

काठमाडौँका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिकाका पूरै र कामपाका दुई वडामा अनुदान सम्झौता सुरु भएको स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताउनुभयो । बाँकी छ नगरपालिकामा सोमबारदेखि अनुदान सम्झौता सुरु हुने जनाइएको छ । “काठमाडौँमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार १०२ लाभग्राहीको सूची स्वीकृत गरेको छ, तिनसँग सम्झौता गर्न मन्त्रालयबाट २० हजार मात्र फाराम प्राप्त भएकाले समस्या परेको छ”, उहाँले भन्नुभयो । 

ललितपुरमा वज्रबाराही, महालक्ष्मी र कार्यविनायक नगरपालिका एवम् ललितपुर उपमहानगरपालिकाबाट अनुदान सम्झौता सुरु भएको छ । उपमहानगरपालिका सहित पाँच नगरपालिका र १९ गाविस रहेको ललितपुरका ग्रामीण भेगमा भने छठपछि मात्र अनुदान सम्झौता सुरु हुने जिविसका तर्फबाट भूकम्पसम्बन्धी काम गर्न तोकिनुभएका सम्पर्क अधिकृत सरिता महर्जनले जानकारी दिनुभयो । 

ललितपुरमा सूचीमा परेका लाभग्राहीको सूचना नगरपालिकाका वडा कार्यालय एवम् गाविस कार्यालयमा टाँस गरी जानकारी गराउने र सूचीमा नपर्नेको गुनासो दर्ता गर्ने काम पनि सुरु भएको छ । 

भक्तपुर नगरपालिकाका सबै वडामा लाभग्राहीको सूची सार्वजनिक गरी अनुदान सम्झौताको तयारी गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिनुभयो । 

प्राधिकरणले उपत्यकामा ९० हजार ८८८ पीडितलाई अनुदान पाउने सूचीमा समावेश गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का