१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु

३ आश्विन २०८१, बिहीबार ०६:१८

असोज ३, काठमाडौँ । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ ।

जापानी विद्यालय नजिक चीनमा हालैका महिनामा भएको यो दोस्रो चक्कु प्रहारको घटना हो । ती बालकमाथि विद्यालयको गेटभन्दा २०० मिटर पर आक्रमण भएको चीनको विदेश मन्त्रालयले भनेको छ ।


यस घटनामा ४४ वर्षीय संदिग्धलाई घटनास्थलबाट पक्राउ गरेर हिरासतमा राखिएको छ । जापानी र चिनियाँ अधिकारीहरूले पीडितको राष्ट्रियता खुलाएका छैनन् । तर सेञ्झेनमा रहेको सो जापानी विद्यालयमा पढ्न जापानी राष्ट्रियता चाहिन्छ ।

विद्यालय जाँदै गरेको बालकमाथि भएको आक्रमणलाई जापानको विदेश मन्त्री योको कामिकावाले निन्दनीय बताएका छन् । यसलाई आफूहरूले निकै गम्भीर रूपमा लिएको र त्यहाँ रहेका जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिने उनले बताए ।

जुनमा पनि पूर्वी चीनमा एक चिनियाँ पुरुषले जापानी महिला र उनको छोरामाथि विद्यालय बसकै अगाडि चक्कु हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का