२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

३ आश्विन २०८१, बिहीबार ०७:५७

असोज ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापतिको तर्फबाट राजनीतिक दस्तावेज पेस गर्दै लामिछानेले र प्रदेश संरचना खारेज गर्ने प्रस्ताव पनि गरेका छन् ।प्रतिवेदनमा गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । रविले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञहरूबाट मन्त्री छनोट गरेर सरकार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा गरेका छन् ।
राजनीतिक प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने नीति पनि पार्टीले लिने उल्लेख छ । सभापति लामिछानेले संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभालाई गैरदलीय विद्वान सभा बनाउने प्रस्ताव गरेका छन् ।यसैगरी स्थानीय तहका प्रमुखहरू रहेको विधायीकाबाट कानुन बनाउने प्रस्ताव पनि उनले पहिलो राष्ट्रिय सम्मेलनमा गरेका छन् । उनले प्रदेशतर्फ प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने पनि आफ्नो राजनीतिक प्रतिवेदनमा गरेका छन् ।
यस्तै रास्पाले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ । पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे ।उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमितिमा रुपान्तरण गरिएको घोषणासमेत गरे ।लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु