२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ

२०८१, ३ आश्विन बिहीबार १०:२०

असोज ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा माफी मागेका छन् । उनले कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजेको गुनासो समेत गरे । 

उनले बुधवार राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारीको गोरखा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोपबारे लेखेका हुन् । 

उनले प्रतिवेदनमा लेखेका छन्, ‘मेरा कुनै बेलाका गैर-राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु ।’ 

रविले मान्छेका रूपमा मेरा आफ्ना कैयौँ कमजोरी भए पनि  आफूबाट अनैतिक, असामाजिक र अराजनीतिक काम नभएको दाबी समेत गरेका छन् । 


यता सहकारी समितिले आफ्नो प्रतिवेदनमा रवि लामिछानेलाई गोरखा मिडियामार्फत सहकारीको रकम लिएको र १५ प्रतिशत  शेयर पनि गैर कानुनी भएको भन्दै कारबाही लागि सिफारिस गरेको छ । 

यस्तो छ रविको सहकारीबारे भनाइ, ‘प्रतिनिधि मित्रहरू, यो प्रतिवेदनमार्फत अरूको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्विकार्न चाहन्छु । यति धेरै आम चासोको व्यक्ति नहुँदाको बखत कैयौँ निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानुनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन । तर, जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्थ्यो भन्ने ठान्छु । मेरा कुनै बेलाका गैर राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैको आधारमा बढेको जनअपेक्षाका पहाड चढ्न हामीलाई निकै गाह्रो भएको सत्य स्विकार्ने अवसर पनि यही हो । मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्व तयारी गर्न नसक्नु मेरो कमजोरी हो । यसबाट मैले सिक्नुपर्ने विषय त छँदै छ, मलाई हेरेर अरू साथीहरूले पनि सिक्नु पर्ने धेरै विषय छन् । कैयौँ सीमितता र कमजोरीका बाबजुद पनि मलाई निसर्त र निस्वार्थ साथ दिने रास्वपा परिवारका सबै सदस्यप्रति ऋणी छु, नतमस्तक छु र आभारी छु ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर । भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ । संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन्। एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ । कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ रु राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभाग जस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले रु यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ। यसले निजी व्यवसाय चल्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन