२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि गुलसन झाको विश्व कीर्तिमान

२०८१, ३ आश्विन बिहीबार १०:३८

असोज ३, काठमाडौँ । नेपाली क्रिकेटका उदाउँदा अलराउण्डर गुलसन झाले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमान बनाएका छन्। १८ वर्ष २१४ दिनको उमेरमा उनले एकै खेलमा पाँच विकेट लिँदै ५० रनभन्दा बढी बनाएका छन्। यससँगै उनले क्रिस गेल र शाहिद अफ्रिदी जस्ता लेजेन्ड खेलाडीहरूको कीर्तिमान तोड्दै कीर्तिमानी खेलाडीको रूपमा उभिएका छन्।


यसअघि, पाकिस्तानका अब्दुल रजाकले सन् २००० मा भारतविरुद्ध २० वर्ष ५० दिनको उमेरमा उक्त उपलब्धि हासिल गरेका थिए। त्यस्तै, अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा र क्रिस गेलले २००३ मा अष्ट्रेलियाविरुद्ध २३ वर्ष २५३ दिनमा यो उपलब्धि पाएका थिए। तर, गुलसनले यी सबै कीर्तिमानलाई पछि पार्दै कम उमेरमा ओडीआई इतिहासमा ५ विकेट र ५० रन बनाउने विश्वकै २४ औं खेलाडी बनेका छन्।

ओमानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएपछि ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो। गुलसनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाए। जवाफी ब्याटिङमा ओमानले २२१ रनको लक्ष्य ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। गुलसनले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिँदै नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे तापनि नेपाल १ विकेटले पराजित भयो।

यद्यपि, गुलसनले खेलमा प्रभावशाली प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जिते। यो ऐतिहासिक उपलब्धि नेपाली क्रिकेटको लागि गर्वको क्षण हो, जसले विश्व क्रिकेटमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन