२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

२०८१, ४ आश्विन शुक्रबार ०६:१९

असोज ४, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।

प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमूना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् । 


उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।'

यस विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं । तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’ 

पवन कल्याणले अगाडी लेखेका छन्, ‘अब समय आएको छ कि भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्न राष्ट्रिय स्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रिय स्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन