असोज ६, काठमाडौँ । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौँ । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ ।

२९ पुष २०८२, मंगलवार
समाज

बंगलादेशविरुद्ध भारत २८० रनले विजयी

६ आश्विन २०८१, आईतवार ०६:५१

असोज ६, काठमाडौँ । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ ।

भरतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो ।

भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले एक विकेट लिएका थिए । त्यस्तै बंगलादेशका लागि कप्तान नाजमुल होसैन शान्तोले सर्बाधिक ८२ रन बनाएका थिए । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको थियो । 

भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए ।  गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए । 

यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो । 

यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…