२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

२०८१, ६ आश्विन आईतवार ०९:५०

असोज ६, काठमाडौँ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित एक होटलमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

गत बिहीबार राति भएको उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई जना नेपाली र चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।


कार्यालयका प्रवक्ता एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार गत बिहीबार भारतबाट घुम्न आएकी २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ।

पीडित युवतीले आफूहरूसँगै आएका ती पुरूषले बलात्कार गरेको भन्दै जाहेरीपछि अनुसन्धान अघि बढाइएको डिएसपी भट्टले बताए।

पक्राउ पर्नेहरूमा भारतको महाराजगञ्ज जिल्लाका ३७ वर्षीय अफरोज समी, ३१ वर्षीय अत्तर रजा, २७ वर्षीय सालु खान र गोरखपुरका २७ वर्षीय बब्लु खान छन्।

त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ३२ वर्षीय सारुख तेली र अकबर खान पनि प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रूपन्देहीबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। 

एक महिना पहिले रुपन्देहीकै कोटहीमाइकी एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना छानबिन भइरहँदा अर्को घटना बाहिरिएको हो।

गत भदौ ५ गते कोटहीमाई गाउँपालिका-६ का मुकेश चौधरीले तालिममा सहभागी गराउने भन्दै एक किशोरीलाई होटलमा पुर्‍याएका थिए। होटल पुर्‍याएर मुकेशसहित अन्य दुई जना मिलेर सामूहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। 

उक्त घटनामा संलग्न भएको आरोप लागेका तीनै जनामाथि आवश्यक अनुसन्धान पुरा गरी मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको डिएसपी भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह