२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

६ आश्विन २०८१, आईतवार ०९:५०

असोज ६, काठमाडौँ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित एक होटलमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

गत बिहीबार राति भएको उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई जना नेपाली र चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।


कार्यालयका प्रवक्ता एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार गत बिहीबार भारतबाट घुम्न आएकी २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ।

पीडित युवतीले आफूहरूसँगै आएका ती पुरूषले बलात्कार गरेको भन्दै जाहेरीपछि अनुसन्धान अघि बढाइएको डिएसपी भट्टले बताए।

पक्राउ पर्नेहरूमा भारतको महाराजगञ्ज जिल्लाका ३७ वर्षीय अफरोज समी, ३१ वर्षीय अत्तर रजा, २७ वर्षीय सालु खान र गोरखपुरका २७ वर्षीय बब्लु खान छन्।

त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ३२ वर्षीय सारुख तेली र अकबर खान पनि प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रूपन्देहीबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। 

एक महिना पहिले रुपन्देहीकै कोटहीमाइकी एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना छानबिन भइरहँदा अर्को घटना बाहिरिएको हो।

गत भदौ ५ गते कोटहीमाई गाउँपालिका-६ का मुकेश चौधरीले तालिममा सहभागी गराउने भन्दै एक किशोरीलाई होटलमा पुर्‍याएका थिए। होटल पुर्‍याएर मुकेशसहित अन्य दुई जना मिलेर सामूहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। 

उक्त घटनामा संलग्न भएको आरोप लागेका तीनै जनामाथि आवश्यक अनुसन्धान पुरा गरी मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको डिएसपी भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने