२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महोत्तरीको बर्दिवास यसरी बन्दै छ मुर्रा भैसीको हव

६ आश्विन २०८१, आईतवार १२:२६

असोज ६,  बर्दिवास | बर्दिवास नगरपालिकाका पुर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा  ट्रोल नै वन्यो ।

`३ बर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्‍यो  ।´ कार्कीले  सम्झदै भने । `तर म अडिग थिए कि यिनै राँगाहरुवाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।´

 तत्कालिन समयमा उन्ले किसानहरुको जिवनस्तर माथी उकास्न वनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले  धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन ।

झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुवाट गर्भधारण गरेका  ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन ।


राँगाहरुको विर्यवाट  कृतिम गर्भाधान भन्दा पनि अहिले किसानहरुले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन ।´ स्थानिय युवा किसान विवेक अधिकारीले भने । `दूध वढी उत्पादन हुने भएकाले अहिले अधिकांश  किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै वनेको छ, मैले पनि नगरवाट ल्याएको एउटा राँगो पालेको छु । बार्षिक ३ सय भैंसी हाम्रै राँगोवाट गर्भाधान भएको छ ।´

एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार वनेपछी नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन ।

पुर्व नगरप्रमुख कार्कीले त भारतवाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन । उन्को गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन । यिनै भैसीवाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय वन्दै गएको छ ।

एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैइसकेका छन । किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगावाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले वताए ।

यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव वन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ ।

एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसवाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रती आकर्षण बढ्दै गएको छ ।

`मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए । मेरो घरव्यवहार यसैवाट चलेको छ ।´ स्थानिय युवा नेता निरोज अधिकारीले भने । ` दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीवाट मलाई पारिवारिक आधारभुत आवस्यक्ता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत वनेको छ  ।´

पुर्व नगरप्रमुख कार्कीले त्यतिवेला वनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको वताउदै अधिकारी  जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना वनाउनुपर्ने वताउछन ।

तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना वनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उन्ले किसानहरुलाई वितरण गरेका थिए ।

'११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउंन सकिने र किसानहरुलाई  नश्ल सुधार अभियानमा लगाउने योजना वनाएको थिए  ।' उन्ले भने । 'भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिदै छ ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने