२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

२०८१, ८ आश्विन मंगलवार ०९:०१

असोज ८, काठमाडौँ । इलामको सन्दकपुरका उजबहादुर राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१, भित्तेमा राईले ४० वर्षीया फूलकुमारीको हत्या गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले उजबहादुरले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको बताए । मृतक फूलकुमारीको शब घरभन्दा मुनी मूलबाटोमा फेला परेको छ ।


उजबहादुर भने मूलबाटोमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको ढकालले बताए । राई दम्पतीका दुई छोरा छन् । दुई जना मध्ये एक जना वैदेशिक रोजगारीमा गएका छन् भने एक जना फिक्कलमा बस्दै आएका थिए ।

घटना भएको बेला श्रीमान् श्रीमती मात्रै घरमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह