२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१६ वर्षअघि हत्या गरेरे सिमेन्टमुनि गाडेको अवस्थामा शव फेला, प्रेमि पक्राउ

२०८१, ८ आश्विन मंगलवार १०:४१

असोज ८, काठमाडौँ । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेरे सिमेन्टमुनि गाडेको शव हालै भेटिएकाे छ।

उनले प्रेमिकाको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको आफैले स्वीकार गरेका छन् भने ती पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेकाे छ।

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र उनको शरीरलाई एउटा ठूलो झोलामा राखे।


त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए। ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो।

सन् २०११ मा हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए।

त्यसवर्ष अपराधीलाई लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो र घरधनीले उक्त सम्पत्ति भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए।

गत महिना पानी चुहावटको खोजी गर्दा एक कामदारले झोला फेला पारेपछि शव भेटिएको थियो। निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो।

‘शरीर पूर्णरूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ’, प्रहरीले भनेको छ। ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए। प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन