२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

२०८१, ८ आश्विन मंगलवार १०:५७

असोज ८, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा ट्रकमा आगजनीको आरोपमा दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दल (पीडीएफ)का झापा जिल्ला संयोजक भीम तुम्बापोलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार मध्यान्न १२ बजे शिवसताक्षी नगरपालिका-१ धरमपुर बजारमा हिडडुल गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।


प्रहरी प्रवक्ता कृष्ण चन्दका अनुसार तुम्बापोलाई तीनवटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो। बन्दको क्रममा प्रसाईंका समर्थकहरूले ६ वटा मोटरसाइकलमा आएर कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका थिए। यो बन्द मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा गरिएको थियो। प्रसाईंलाई प्रहरीले झापा कन्काई नगरपालिका ८ बिरिङ पुल नजिक दुई ट्रकमा आगजनी गरेको आरोपमा हिजो पक्राउ गरेको थियो।

तुम्बापोलाई ईलाका प्रहरी कार्यालय, झिलझिले झापाबाट खटिएको टोलीले पक्राउ गरी अनारमनी प्रहरी कार्यालयमा बुझाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह