२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २९ जना घाइते

८ आश्विन २०८१, मंगलवार ११:२९

असोज ८, काठमाडौँ । उदयपुर बेलका नगरपालिका–८, डुम्रीबोटेमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन्। जसमा १५ जनाको अवस्था गम्भीर छ। सप्त नदीस्थित आर्यघाटमा मृतकको शव बिसर्जन गरेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शी सीताराम राईका अनुसार बेलका–५ घुम्नेका मृतक लक्ष्मण कटुवाल र भद्रमाया पाण्डेको शव अन्त्येष्टि गरेर फर्कने क्रममा प्रदेश ०१–००२–००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत बेलका–८ को घुम्तीमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार स्थानीय र कोठु प्रहरी चौकीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ।


गम्भीर घाइते १५ जनालाई धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। यसैगरी अन्य १४ जनाको बेलका नगर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले थपलाई पनि धरान पठाउने तयारी भइरहेको एसपी योगीले जानकारी दिए।

मृतक लक्ष्मण कटुवाल (८०) र भद्रमाया पाण्डेको मृत्यु अत्यधिक गर्मीका कारण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्। कटुवाललाई खोलामा नुहाउन गएका बेला मृत अवस्थामा बगरमा फेला पारिएको थियो। कटुवालको मृत्युको अन्य कारण नखुलेको हुँदा गर्मीका मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। त्यस्तै, सोमबार साँझ निधन भएकी वृद्धा भद्रमाया पाण्डेको मृत्यु पनि गर्मीकै कारण हुन सक्ने गाउँलेहरूले अनुमान गरेका छन्। पाण्डेको कुनै ठोस बिरामी नदेखिएकोले वृद्धावस्थामा गर्मीले नै प्राण गएको हुनसक्ने स्थानीयको बुझाइ छ। प्रहरीले भने दुवै मृतकको मृत्युका कारणबारे ठोस जानकारी नआइसकेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ।

मलामी बोकेको बस दुर्घटनामा परेको र प्रहरी अहिलेसम्म घाइतेहरूको उपचारमा व्यस्त रहेकाले मृत्युका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म कुनै उजुरी नआएकाले पनि घटनाको पुष्टि हुन समय लाग्ने प्रहरीको भनाइ छ।

मृतक दुवैको शव बिसर्जन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…