२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीवी राईसहित १७ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता, साढे ३७ करोड बिगो दाबी

२०८१, ९ आश्विन बुधबार ११:५५

असोज ९, काठमाडौँ । जिल्ला अदालत चितवनमा साहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक गितेन्द्र बाबु (जीबी) राईसहित १७ जनाविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले आज ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ १७ पैसाको रकम बिगो माग गर्दै मुद्दा दर्ता गरेको हो।

जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुइँटेलका अनुसार ४४६ जना जाहेरवालाले संयुक्तरूपमा आफ्नो बचत रकम संस्थापक राईसहित १७ जनाले अपचलन गरेको उजुरी दिएका छन्। प्रतिवादी १७ जनामध्ये कुमार रम्तेल बाहेक १३ जना फरार छन् भने ३ जना अनुपस्थित रहेका छन्।

उनीहरूको विरुद्ध मुलुकी अपराध संहिताको धारा २४९ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाका साथै बिगो फिर्ता गर्नुपर्ने अभियोजन लगाइएको छ।

जिल्ला न्यायाधिवक्ता लुइँटेलले ठगीमा संलग्न सबैको सम्पत्ति र सहकारीबाट लिएको रकमको समेत छुट्टै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको जानकारी दिएका छन्।

अभियोगको पूर्णपाठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन