ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल "/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पहिलो पटक आज सेपाक ताक्रो खेलको नमुना अभ्यास

२०७३, २० कार्तिक शनिबार १३:०५

ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल सेपाक ताक्रो जिल्ला संघ डडेल्धुराको आयोजनामा नमुना अभ्यास गरिएको हो । बिरेन्द्र बिद्या मन्दिर उच्च मावि कैलालीका खेलाडीले खेलकुद विकास समिती डडेल्धुराको खेल मैदानमा नमुना अभ्यास गरेका थिए । सानो मैदानमा कम जनशक्ति, कम खर्चिलो एवं सरल तवरबाट खेल सञ्चालन गर्न सकिने हुदा पहाडी जिल्लामा राम्रो सम्भावना भएका कारण डडेल्धुरामा नमुना अभ्यास गरिएको हो । २०७२ सालमा नेपालले यस खेललाई राष्ट्रिय खेलमा समावेस गरेका थियो ।

     यो खेललाई सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेस गरिएको छ । अभ्यास खेलमा केही समय अघि थाईल्याण्डमा भएको प्रतियोगितामा नेपालबाट सहभागी तथा अबको केही समय पछि श्रीलंकामा हुने प्रतियोगितामा महिला टोली बाट छनौट भएका एक÷एक जना खेलाडी सहित नौ जनाको सहभागिता थियो । थाईल्याण्डमा भएको प्रतियोगितामा सेपाक ताक्रोमा नेपालले तेस्रो स्थान ल्याएको थियो । सेपाक ताक्रो खेललाई काठ्माण्डौ, पोखरा, ईटहरीमा विस्तार गर्न केन्द्रले समपुर्ण खर्च व्यहोर्ने गरी मुख्य प्रशिक्षक राम बहादुर थापालाई सात दिन, १५ दिनको तालिम प्रदान गर्ने गरीएको छ । सुदुरपश्चिम राज्यको हरेक स्तरमा स्थान नपाउने भएकाले  सुदुरपश्चिममा यस खेलको विस्तराका लागी आफै लागी परेको सेपाक ताक्रो संघका केन्द्रिय उपाध्यक्ष अर्जुन ठकुल्लाले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह