२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मनहरी र हाँडीखोला दुवै गाविसको अस्थित्व रहने गरी नाम राख्न माग

२०७३, २० कार्तिक शनिबार १३:०८

हेटौडा ,२० कार्तिक

मकवानपुरको हाँडीखोलाका प्रमुख राजनीतिक दलका नेताहरुले मनहरी र हाँडीखोला दुवै गाविसको अस्थित्व रहने गरी नाम राख्नुपर्ने र दुवै गाविसलाई पायक पर्ने गरी केन्द्र बनाउनुपर्ने माग गरेका छन् । गाउँपालिकाको नाम मनहरी राख्ने र केन्द्र ज्यामिरेमा राख्ने भन्दै मनहरीका बासिन्दाले एकोहोरो अडान कसिरहेको भन्दै हाँडीखोलाका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले दुवै गाविसलाई पायक पर्ने केन्द्र मनहरीको रजैया वा हाँडीखोलाको लामिटार हुने भन्दै यसलाई नै कायम गरिनुपर्ने बताएका छन् । यस्तै गाउँपालिकाको नामाकरण गर्दा हाँडीखोला र मनहरी दुवै गाविसको अस्थित्वलाई समेट्दै दुवै गाविसले अपनत्व ग्रहण गर्ने नाम खोज्न अनुरोध गरेका छन् । नेपाली काँग्रेस हाँडीखोला सभापति चन्द्रबहादुर न्यौपानेले हाँडीखोला र मनहरीको केन्द्र रजैयामा हुनुपर्ने अडान प्रस्तुत गरे । ‘केन्द्र रजैयामा हुनुपर्छ अन्त भयो भने हामी मान्दैनौं’, उनले भने, ‘रजैयामा केन्द्र राखिँदा दुवै गाविसका जनतालाई पायक पर्छ ।’ कुनै एउटा गाविसको नामलाई गाउँपालिकाको नाम दिंदा अर्को गाविस असन्तुष्ट हुने भन्दै

उनले नयाँ नाम खोज्नुपर्ने सुझाव दिए । यस्तै नेकपा एमाले हाँडीखोला सचिव हरिशरण पौडेलले भने, ‘बरु हामी नगरमा जान तयार रहेका छौं तर पश्चिमको मनहरी पुगेर फेरि पूर्वमा रहेको हेटौंडा आउन हामी सक्दैनौँ ।’ मनहरीका केही नेताहरुले मनहरी बाहेक विकल्पै छैन भने जसरी आफ्नो तर्क प्रश्तुत गरेको भन्दै उनले यसले हाँडीखोलाबासीलाई अन्यायमा पार्ने धारणा राखे । ‘केन्द्रको लागि लामिटारमा प्रशस्त जग्गा पनि रहेको छ । केन्द्र लामिटारमा नै राख्नुपर्छ । यदी लामिटार मान्य हुँदैन भने रजैयालाई केन्द्र बनाउनुपर्छ’, पौडेलले भने । नेकपा माओवादी केन्द्र हाँडीखोलाका अध्यक्ष गजाधर सुवेदीले दुवै गाविसका जनताको बीचमा रजैया वा लामिटार नै पर्ने भन्दै यही दुईमध्ये एक स्थानमा केन्द्र बनाउनुपर्ने माग गरे । ‘रजैया वा लामिटारमा केन्द्र बनाउँदा कसैलाई पनि अन्याय हुँदैन’, उनले भने, ‘गाउँपालिकाको नाम मनहरी राखेमा हामीलाई अमान्य हुनेछ ।

नयाँ नाम खोज्नुपर्छ ।’ त्यसैगरी राप्रपा नेपाल गाविस अध्यक्ष बीरबहादुर थिङले मनहरी र हाँडीखोलाको अन्तिम स्थानबाट फिता लगाएरै नापेपनि रजैया र लामिटार नै बीचमा पर्ने तर्क गर्दै यही उपयुक्त विकल्प भएको बताए । ‘कहाँ नेर मनहरी र हाँडीखोला जोडिएको छ त्यहीँ नै नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ’, थिङले भने, ‘मनहरी गाउँपालिका राखेमा हाँडीखोलाका बासिन्दाले अन्याय महसुस गर्नेछन्, यसकारण नयाँ नाम खोजिनु आवश्यक छ ।’ हाँडीखोलाका नेताहरुले मनहरीका बासिन्दा र यहाँका राजनीतिक दलले एकोहोरो पेल्न खोजेमा गाउँपालिका नस्वीकार्ने र हेटौंडा उपमहानगरपालिकामा मिल्न तयार रहेको चेतावनी दिएका छन् । ‘हामी उल्टो बाटो हिँड्न तयार छैनौं । दुवै गाविसलाई केन्द्र पर्ने रजैया वा लामिटारमा गाउँपालिकाको केन्द्र राखिएमा हामी मान्छौं, नत्र मान्दैनौं’, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी भरत पराजुलीले भने, ‘स्थानीय जनताको चाहनालाई वेवास्ता गरिन्छ भने स्थानीयको चाहना अनुरुप आन्दोलन गर्न तयार छौं । हाँडीखोला हेटौंडामा मिसिन तयार छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ