११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलासद्वारी धाममा शिवलिङ्ग स्थापना

२१ कार्तिक २०७३, आईतवार ०३:५७

कात्तिक २१, धनगढी । कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शनिबार एक समारोहबीच शिवलिङ्ग स्थापना गरिएको छ । 

गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा आयोजित समारोहमा ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गर्नुभयो । यसअघि बूढीतोलाबाट प्रारम्भ भएको कैलासधाम यात्रामा ठूलो संङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो । 

कैलासधाम यात्राको स्वामी गौरीशङ्कर आचार्य, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी मानसिं बिष्ट, नेपाली सहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशी, समाजसेवी मदनराज पाण्डेय लगायतले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 

कैलासद्वारीधाममा गौतम ऋषिले शिवजीको स्तुतिका लागि गरेको तपस्याको फलस्वरुप गोदावरी नदीको उत्पत्ति भएको भनाइ छ । धाम क्षेत्रमा मध्यराति देवीदेवताका बाजा बज्ने र आगोसमेत बलेको देखिने स्थानीयवासी टिएन जोशी बताउनुहुन्छ । अग्लो चुरे डाँडामा रहेको यो क्षेत्रमा सप्तऋषिको कुण्डलगायत देवीदेवताको झल्को दिने विभिन्न आकृतिका शिला एवम् ढुङ्गा रहेका छन् । 

गोदावरी क्षेत्रलाई राष्ट्रिय धार्मिकस्थलका रुपमा विकास गर्ने उद्देश्यले गत वर्ष सहस्त्र कुम्भ दर्शन मेलासमेत गरिएको थियो । गोदावरी नदीको मुहानका रुपमा रहेको कैलासद्वारी धाममा रहेका दुई नालामध्ये एक नालाबाट निस्किने दूधजस्तो जल र अर्को नालाबाट निस्किने गौमूत्रजस्तो जल मिसिएर यो गोदावरी नदी बनेको भन्ने जनविश्वास रहेको छ । सप्त गोदावरी मध्येको प्राचीन गोदावरी मानिने यो क्षेत्रमा गौतम ऋषिले तपस्या गरेको र भगवान् श्रीकृष्ण, भीष्मपितामह, पाण्डवले स्नान गरेको भन्ने जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि