२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पन्ध्र स्थानीय तह बनाउने प्रस्ताव

२०७३, २१ कार्तिक आईतवार ०७:४१

कात्तिक २१, नवलपरासी ।  नवलपरासीमा १५ स्थानीय तह बनाउने प्रस्ताव दलहरुलाई अघि सारिएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका बनाउने प्रस्ताव राखिएको छ ।

जनसङ्ख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५ स्थानीय तह बनाउने गरी प्रस्ताव ल्याइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताउनुभयो । यद्यपि नवलपरासीमा समितिले दलबीच यस्तो प्रस्ताव ल्याए पनि मधेसकेन्द्रित दलको असहमतिका कारण सहमति जुट्न सकेको छैन । अन्य दलले सो प्रस्तावमा सहमति जनाइसकेका छन् । अब सबै दलको बैठक बोलाएर यसलाई अन्तिम रुप दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताउनुभयो । 

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्या लगायत आयोगले तोकेको मापदण्डका आधारमा ती स्थानीय तहको प्रस्ताव गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । 

मधेस केन्द्रित दलहरु सीमाङ्कन लगायत विषय लिएर आन्दोलनमा रहेकाले जिल्लामा पनि त्यसको प्रभाव परेको छ । आफूहरुले उठाउँदै आएको सीमाङ्कन लगायत विषय सम्बोधन नभएसम्म पुनःसंरचना मान्य नहुने मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो । नवलपरासीको जनसङ्ख्यानुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै