कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नेपाल स्काउटको दीक्षान्त समारोह सम्पन्न

२१ कार्तिक २०७३, आईतवार ११:४२


कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका प्रमुख आयुक्त रवीन दाहालले समारोहमा विद्यालयका ३०० विद्यार्थीलाई दीक्षित गर्नुभएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी दिनुभयो । 

विसं २०५९ मा विद्यालयमा स्थापित विनायक शिक्षा स्काउट टुपले विद्यार्थीलाई व्यावहारिक र नैतिक ज्ञान दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका स्काउट कार्यक्रममा विद्यार्थीलाई सहभागिता गराएको प्रजापतिले जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन पौड्याल, जिल्ला स्काउट समन्वय आयुक्त शिव त्वानावासु, स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठ, पूर्व स्थानीय आयुक्त भुवनचरण श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीले देशको सेवामा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल स्काउटले हालै स्काउट दीर्घसेवा पदक प्रदान गरेका विद्यालयका स्काउट शिक्षकद्वय दिलकृष्ण प्रजापति र तुल्सीहरि प्रजापति तथा अन्य स्काउट शिक्षक शालिकराम ओली, सानु चक्रधर, सुमित्रा कार्की र रोजी तामाङलाई सम्मान गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ