११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकले जुटायो साढे ३५ लाख, जेष्ठ नागरिक अक्षयकोष अभियान जारी

२२ कार्तिक २०७३, सोमबार ०२:२०

गोविन्द बिश्वकर्मा/कात्तिक २२, सुर्खेत । प्रशान्ती बृद्धाश्रम सुर्खेतको जेष्ठ नागरिक अक्षयकोष निर्माण अभियानमा साढे ३५ लाख रकम जम्मा भएको छ । 

२०७० सालबाट सामाजिक सञ्जाल फेसवुक, सुचनाका अन्य माध्यम तथा प्रत्यक्ष जनसम्पर्कबाट अभियान चलाईएको बताउदै अभियानका संयोजक भद्र भण्डारीले अहिलेसम्म ३५ लाख ४० हजार ४ सय ६५ रुपैयाँ जम्मा भएको जानकारी दिए । 

आश्रम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, जेष्ठ नागरीकको पालनपोषण, लत्ताकपडा, औषधोपचार, मनोरञ्जन आदिमा हुने खर्च अन्य दातासंग मागेर मात्र चलाउन नसकिने हुँदा अभियान चलाएको भण्डारीको भनाई छ । अभियानमा नयाँ १७ जना सदस्य बनेर देश विदेशबाट व्यत्तिगत रुपमा रु. ५० हजार १० भन्दा माथीको सहयोग गरेका छन् जसबाट करिव १३ लाख ४२ हजार ८ सय ५३ रुपैयाँ अक्षयकोषमा जम्मा भएको संयोजक भण्डारीले बताए । 

यस्तै, संस्थागत रुपमा १० हजार १० रुपैयाँ माथिको रकम सहयोग उपलब्ध गराई आजिवन सदस्य बनेका ३ सय ८० सदस्य रहेका छन् भने साधारण सदस्य २ सय ४४ रहेका छन् । ५ वर्षमा अथवा २०७५ सम्म एक करोडको कोष जम्मा गर्ने लक्ष्य बनाईएको छ । अक्षयकोषमा १ करोडका प्राप्त १३ प्रतिशत ब्याजदरले वर्षमा १३ लाख ब्याज प्राप्त हुन्छ । अहिले प्रशान्ती वृद्धाश्रममा ११ जनाले आश्रय लिईरहेको बताउदै भण्डारीले ०७५ मा ३० जना जेष्ठ नागरीकलाई राम्रो ब्यवस्थापन गर्न सकिने, कर्मचारी ब्वस्थापन, मनोरञ्जन, औषधोपचार गर्न सकिने बताए । 

उनले वृद्धामैत्री भवन निर्माणका लागी सरकारसंग माग गरेको बताउदै आगामी दिनमा प्रशान्ती वृद्धाश्रमलाई वृद्धमैत्री बनाउन पनि अक्षयकोषले सहयोग गर्ने बताए । विदेशमा रहेर सहयोग गर्न चाहाने सहयोगदाताले दुवईस्थित विदेश संयोजक सरोज बस्नेतका माध्यमबाट वीरेन्द्रनगर सुर्खेत स्थित आश्रमको नाममा रहेको ग्लोवल बैंकको खातामा रकम जम्मा गरेका छन् । यसरी विदेशबाट ५/७ लाख जम्मा भएको अभिानका संयोजक भण्डारीले बताए । 

यो बैंकमा जम्मा भएको रकम प्रयोग हुँदैन । आश्रम ब्यवस्थापन प्रायोजनगका लागी काक्रेविहार बिकास वैंकमा मुद्दती खाता बनाईएको छ । अहिले संकलन भएको रकम पनि यहि खातामा जम्मा रहेको संयोजक भण्डारीले बताएका छन् । अहिले यो रकमबाट प्राप्त ब्याजले नै आश्रमको ब्यवस्थापन गरेको भण्डारीले बताए । 

अभियानबाट राम्रो काम गर्न खोज्ने तथा ईमान्दार छवी भएका ब्यक्तिलाई सबैले सहयोग गर्ने अनुभव प्राप्त गरेको भण्डारीले बताए । उनले भने–“कुनै पनि काम गर्दा राम्रो ईमान (छवी) भएको मान्छेलाई सबैले साथ दिने रहेछन् म खुशी छु मलाई अहिलेसम्म धेरै नेपालीले सहयोग गरेका छन् ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि