२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रस्तावित ६ गाविसलाई नगरपालिका बनाउन बुर्तिबाङको माग

२०७३, २२ कार्तिक सोमबार ०२:२५

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । बुर्तिबाङका राजनैतिक दलले पछिल्लो पटक प्रश्तावित बुर्तिबाङ सहित ६ गाविसको गाउँपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् । 

जिल्लामा भएको सर्वदलिय बैठकमा शुक्रवार बुर्तिबाङ सहित राजकुत, बोबाङ, अधिकारीचौर, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रश्ताव गरिएको थियो । आज बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको संयोजनमा बुर्तिबाङमा भएको सर्वदलिय बैठकमा जिल्ला प्राविधिक सहयोग समितिको प्रश्तावप्रति आपत्ति जनाउँदै नगरपालिकाको लागि जिल्लामा दवाव दिने निर्णय गरेका छन् । 

३ लाख जनसंख्यालाई बसाउने गरि ५० रोपनी जग्गा लिएर बुर्तिबाङ नयाँ शहर बन्दै गरेको लगायत सम्पुर्ण पुर्वाधार पुग्ने भन्दै नगरपालिका बनाउनै पर्ने माग गरेका हुन् । पुर्वाधार, जनसंख्या, सुगमता लगात सवै मापदण्ड पुरा भएको अवस्थामा पनि नगरपालिका प्रश्ताव नगरिनु दुखद् रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले बताउनुभायो । 

यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । उहाँले नगरपालिका सिफारिस नभए दवावका लागि जस्तोसुकै आन्दोलनमा जाने निर्णय भएको बताउनुभयो । 

‘बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथा व्यापारिक केन्द्र नगरपालिका बन्न किन सकेन ? बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुलसिराम अर्यालले भन्नुभयो, नमुना शहर विकास बन्दैछ, एकीकृत सेवा केन्द्र, बन्दै गरेको जिल्ला अस्पताल, बैङ्क वित्तिय संस्था, मध्यपहाडी लोकमार्ग यि सवै पुर्वाधार विकास तिव्र गतिमा भईरहको छ ।’ 

अर्यालले जिल्लाको प्रशासनिक र राजनैतिक नेतृत्वको वेईमानीका कारण सवै मापदण्ड पुगेर पनि नगरपालिका प्रश्ताव नगरिएको आरोप लगाउनुभयो । 

यसअघि निसीखोलालाई पनि समेटेर अहिलेको प्रश्तावमा परेका भिमगिठे र दर्लिङलाई नराखि नगरपालिका बनाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेश पनि प्रश्तावित ६ ओटा गाविसलाई नै नगरपालिका बनाउन सहमत देखिएको छ । बैठकमा नेपाली काँग्रेशका प्रतिनिधि बानबहादुर छन्त्यालले भन्नुभयो, ‘अहिले मापदण्ड पु¥याएर नगरपालिका बनाउने कुरा प्रमुख हो, कुन गाविस कता राख्दा कस्ले बाजी मार्छ भन्ने कुरा गौण हो ।’

छन्त्यालले प्रश्तावित गाविसलाई नै नगरपालिका बनाउनुपर्छ भन्नेमा आफु पुरै सहमत रहेको बताउनुभयो ।  नेकपा एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले गाविस समेट्ने कुरामा पछिल्लो प्रश्तव उपयुक्त भएपनि सवैमापदण्ड पुग्दा पनि प्रश्तावमा नगरपालका नपर्नु अपत्तिजनक रहेको बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डेले सवै मापदण्ड पुरा हुने भएकाले नगरपालिका नै बनाउनुपर्ने भन्दै माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

महिला अगुवा दुर्गादेवि घर्तीले नगरपालिका नै बनाउनुपर्ने माग पठाउँदा पनि जिल्लाले गाउँपालिका प्रश्तव गरेकाले मान्ने नहुने बताउनुभयो । 

बैठकमा नेकपा क्रान्तिकारी माओवादीक केन्द्रिय सदस्य निलबहादुर पुन, नेकपा माओवादीका हरि कुँवर, उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका पदाधिकारी तथा सदस्य, नेपाली काँग्रश राजकुतका सभापती तेजेन्द्र कुँवर, राजकुत एमालेका लालविर लोप्चन लगायतको उपस्थिती थियो । बैठक उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका कार्यवाहक अध्यक्ष निमलाल पाण्डेको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने