२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सेरा ज्युलो भाडामा दिने निर्णयको विरोध

२०७३, २२ कार्तिक सोमबार ०२:५२

नन्दराम जैशी/कात्तिक २२, जुम्ला । चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समिति जुम्लाद्धारा गरीएको सेरा ज्युलो भाडामा दिने निर्णयको मन्दिरका पुजारी तथा किसानहरुले विरोध जनाएका छन् । 

परम्परागत रुपमा खेती संचालन गर्दै आएका कृषकले नै सेरा ज्युलो उपयोग गर्न पाउनु पर्ने भन्दै सेरा ज्युलो भाडामा दिने निर्णयको मन्दिरका पुजारी तथा किसानहरुले विरोध जनाएका हुन् । मन्दिरका पुजारी चन्द्र मैलेश्वर, स्थानिय नैनसिंकह कठायत र खेतला कृषक दुधकला कुलाल लगाएतका ब्यक्तिद्धारा हस्ताक्षरीत पत्रमा सेरा ज्युलो भाडामा दिने निर्णयको विरोध जनाइएको छ ।

 साथै समितिले हचुवाका भरमा १० बर्षे सम्झौता गरी सेरा ज्युलो भाडामा दिने निर्णय गरेको उनीहरुको आरोप छ । 

केन्द्रीय समितिमा बुझ्दा १० बर्षे सम्झौताको स्वीकृति नभएको स्थानिय नैनसिंह  कठायतले बताउनुभयो । उनीहरुले ज्युलो भाडामा दिन नपाइने भन्दै परम्परागत खेती संचालनका लागि कुलो संचालन गरी मन्दिरको नाममा धान खेती गर्ने बताएका छन् । खेति संचालन गरी हिउदेबाली लगाउने बिषयमा कात्तिक २४ गते ब्यापक छलफल कार्यक्रमको आयोजना गर्ने नैनसिंह कठायतले बताउनुभयो ।

 छलफलका लागि सेरा ज्युलाको आँखे डाभमा कात्तिक २४ गते सबैलाइ सहभागिताका लागि आग्रह गरीएको छ । सेरा ज्युलो खेतला कृषक दुधकला कुलालले मन्दीर स्थापना कालदेखि आफुहरुले खेति गर्दै आएको भन्दै पुन खेति गर्न पाउनु पर्ने  दावी गर्नुभयो । 

यता चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्यले आरोपर विरोधका लागि मात्र विरोध नगर्न आग्रह गर्नु भएको छ । केन्द्रीय समितिको स्वीकृतिले कृषि प्रयोजनका लागि जग्गा लिजमा दिने सर्बसमितिबाट निर्णय भएको उहाले जानकारी दिनुभयो ।

 उहाले भन्नुभयो, परम्परागत खेतीले कृषि उत्पादन थोरै मात्रामा हुन्थ्यो, मन्दिरका पुजारीलाइ नै खाना पुग्दैनथ्यो । यता जग्गाबाट उत्पादन भएको अन्न नपुगेपछि खाद्यबाट चामल खरीद गर्न बाध्य थियौ । जग्गा लिजमा दिएपछि हाल पहिलेको समस्या हटेको छ, उहाले बताउनुभयो । 

समितिको निर्णय अनुसार सेरा ज्युलोमा रहेको २० हजार बर्ग मिटर जग्गामा प्रति १ बर्ग मिटर जग्गा बराबर १२ रुपैयाका दरले कृषि प्रयोजनका लागि भाडामा दिइने निर्णय भएकाले विरोध भन्दा सो प्रक्रिया पुरा गरेर आएमा उनीहरुले नै जग्गा पाउन सक्ने उहाको भनाइ छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा