२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

२०७३, २२ कार्तिक सोमबार १५:१२

सन्तोषकुमार गुप्ता, कात्तिक २२, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको दिनलाई अहिले पनि विश्वका क्रान्तिकारी पार्टीहरुले आत्मासाथ गदै नयाँ अक्टोबर क्रान्तिका लागि घनिभुत रुपमा लाग्न आग्रह गरे ।

    “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङको आयोजनामा सोमबार दाङको लमहीमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको उद्घाटन गदै महासचिव बुढाले यस्तो बताएका हुन् । उनले समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा जोड दिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बुढाले नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । उनले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

     राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका उपाध्यक्ष दोर्णबहादुर घर्तीको अध्यक्षतामा भएको सतबार्षिकी उद्घाटन कार्यक्रममा बोल्दै नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले अक्टोबर क्रान्तिको भावनालाई आत्मासाथ गदै नेपालमा पनि क्रान्तिकारी आन्दोलन र बर्ग संघर्षलाई बलियो बनाउन सबै नेता कार्यकर्ताहरु जनताहरुको घरदैलोमा जानुपर्ने बताए । उनले देशको राष्ट्रियता, स्वाभिमान र अखण्डता बचाई राख्न हजारौँ क्रान्तिकारीहरुको खाँचो रहेको बताए । राजमो जिल्ला सदस्य पदमप्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सर्त बार्षिकी समारोह सञ्चालन समितीका सदस्य काशीनाथ पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय महासचिव नारायण योगी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अन्टुकका केन्द्रिय सदस्य ठाकुर खनाल, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्यद्धय कृष्ण गिरी, कपिलदेव खनाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रिय सदस्य तारा खनाल, कतार नेपाली एकता समाजका हुमाकान्त आचार्य र अखिल नेपाल महिला संघकी जिल्ला सदस्य गौरी खड्का बक्ताले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका छन् । सो अवसरमा राजपुर—६ का वार्ड नागरिक मञ्चका संयोजक महेश चौधरीलाई पार्टी सदस्य प्रदान गरी पार्टी प्रबेश गराएका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका सचिव गणेश आचार्यले गरेका थिए ।     

     राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले तथा भातृ संगठनले अक्टोबर क्रान्ति एक सय बर्ष पुरा भएको उपलक्ष्यमा अधिराज्यभर सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको छ । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । त्यस्तै सतबार्षिक कार्यक्रम अन्र्तगत कार्तिक २३ गते दाङको नारायणपुर, २४ गते तुलसीपुर, २५ गते देउखुरीको गढवा र २६ गते भालुवाङमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको आमसभा गर्ने राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार