सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रम"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्वनमा गोपनीयता भंग गरेको आरोप

२२ कार्तिक २०७३, सोमबार १६:३३


सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रमुखलाई निलम्वनग गरीएको छ । सोमबार विहान बसेको क्याम्पस व्यवस्थपन समितिको बैठकले क्याम्पसको हित विपरित गोपनीयता भंग गरेको आरोप लगाउँदै क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी र क्याम्पस सहायक प्रमुख जीवराज खरेल शर्मालाई निलम्वन गरेको हो । बैठकले प्राध्यापक संघको विवादलाई क्याम्पसको प्रतिष्ठा सँग जोडेर क्याम्पसको गरिमामा आँच पु¥याएको भन्दै छानवीन समितिको प्रतिवेदन नआउँदा सम्मकालागि रेग्मी र शर्मालाई निलम्वन गरेको पूर्व अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

प्राध्यापक संघका पदाधीकारीबीचको विवाद सतहमा आउँदा क्याम्पस प्रमुख रेग्मी र सहायक प्रमुख शर्माले क्याम्पसको हित विपरित र आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले शैक्षिक प्रमाणपत्रहरु सञ्चार माध्यममा दिएको भन्दै पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक संघका सभापति महेश आचार्यले रेग्मी र शर्मालाई निलम्वन गरी छानविन गर्न माग गर्दै क्याम्पस प्रशासनलाई निवेदन दिए । आचार्यको मागलाई समर्थन गर्दै विद्यार्थी संगठनहरुले पनि प्रशासनको जिम्वेवारी सम्हालेका जिम्वेवार ब्यक्तिहरुलाई निलम्वन गरी छानवनि गर्न माग गरेकाले यो निर्णय गर्नु परेको डाँगीले बताए ।

‘यो निर्णय गर्नु व्यवस्थापन समितिको बाध्यता हो, छानवीन समितिको प्रतिवेदन नआउँदा सम्मका लागि उहाँहरु दुईजनालाई निलम्बन गरिएको छ, यो निर्णय कसैको पक्ष र कसैको बिपक्षमा भन्दा पनि विद्यार्थीको माग र क्याम्पसको हितमा छ’, डाँगीले भने । आजको बैठकले अर्को ब्यवस्था नहुँदा सम्मका लागि सहायक क्याम्पस प्रमुख गणेश पार्धेलाई निमित्त क्याम्पस प्रमुखको जिम्वेवारी दिएको छ । बैठकले मंसिर ३ गते हुने भनिएको क्याम्पसको साधारणसभा स्थगित गर्ने निर्णय गर्दै भोली देखि पठन पाठन सूचारु गर्न सम्बन्धीत पक्षलाई निर्देशन पनि दिएको छ ।


प्राध्यापक संघको विवाद बढ्दै जाँदा लामो समय देखि प्रध्यापनरत पूर्व क्याम्पस प्रमुख आचार्यको शैक्षिक प्रमाणपत्र ‘नक्कली’ भएको भन्ने सम्ममा समाचार स्थानिय अनलाई तथा पत्रपत्रिकामा आएका थिए । त्यस लगत्तै क्याम्पस व्यवस्थापन समितिले पूर्व प्राध्यापक माधव प्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समितिमा पूर्व प्राध्यापक संकर प्रसाद मजगैयाँ र अधिबक्ता प्रदिप धिताल रहेका छन् ।

छानवीन समितिले काम सुरु गरेकाले निस्पक्ष छानविनको अपेक्षा सहित क्याम्पस प्रमुख रेग्मी र सहायक प्रमुख शर्मालाई निलम्वन गरिएको श्रोतले बताएको छ । तर यो निर्णय भएलगत्तै क्याम्पस व्यवस्थापन समितिका अधिकाशं पदाधीकारहरु सम्पर्कमा आउन आनाकानी गर्ने गरेका छन् भने सम्पर्कमा आएकाले पनि अर्कोलाई सिकाउँदै आफु उम्कने प्रयास गरेका छन् । यसैबीच निलम्वनमा पर्नुभएका क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मीले सञ्चालक समितिको निर्णयलाई सहज रुपमा लिएको बताए । फोनमा प्रतिक्रिया दिंदै रेग्मीले क्याम्पसको हितका लागि आफू जुन कुनै मुल्य पनि चुकाउन तयार रहेको बताउनु भयो । ‘छानविनमा सहजता होस् भनेर सञ्चालक समितिले निलम्वनको निर्णय गरेको छ, यो स्वभाविक हो’ रेग्मीले भने । छानविनमा सहजताका लागि आफूहरुको निलम्वन स्वाभाविक भएपनि शैक्षिक प्रमाण पत्र सार्वजनिक गरेको बिषयलाई भने उहाँले अस्विकार गरे । ‘कतिपय शैक्षिक संस्थामा शिक्षकहरुका शैक्षिक प्रमाणपत्र भित्तामै टाँसेका हुन्छन्, यो शैक्षिक प्रमाणपत्र सार्बजनिक गरेको भन्नु सुहाउने कुरा होइन’ रेग्मीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य