सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रम"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्वनमा गोपनीयता भंग गरेको आरोप

२०७३, २२ कार्तिक सोमबार १६:३३


सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रमुखलाई निलम्वनग गरीएको छ । सोमबार विहान बसेको क्याम्पस व्यवस्थपन समितिको बैठकले क्याम्पसको हित विपरित गोपनीयता भंग गरेको आरोप लगाउँदै क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी र क्याम्पस सहायक प्रमुख जीवराज खरेल शर्मालाई निलम्वन गरेको हो । बैठकले प्राध्यापक संघको विवादलाई क्याम्पसको प्रतिष्ठा सँग जोडेर क्याम्पसको गरिमामा आँच पु¥याएको भन्दै छानवीन समितिको प्रतिवेदन नआउँदा सम्मकालागि रेग्मी र शर्मालाई निलम्वन गरेको पूर्व अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

प्राध्यापक संघका पदाधीकारीबीचको विवाद सतहमा आउँदा क्याम्पस प्रमुख रेग्मी र सहायक प्रमुख शर्माले क्याम्पसको हित विपरित र आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले शैक्षिक प्रमाणपत्रहरु सञ्चार माध्यममा दिएको भन्दै पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक संघका सभापति महेश आचार्यले रेग्मी र शर्मालाई निलम्वन गरी छानविन गर्न माग गर्दै क्याम्पस प्रशासनलाई निवेदन दिए । आचार्यको मागलाई समर्थन गर्दै विद्यार्थी संगठनहरुले पनि प्रशासनको जिम्वेवारी सम्हालेका जिम्वेवार ब्यक्तिहरुलाई निलम्वन गरी छानवनि गर्न माग गरेकाले यो निर्णय गर्नु परेको डाँगीले बताए ।

‘यो निर्णय गर्नु व्यवस्थापन समितिको बाध्यता हो, छानवीन समितिको प्रतिवेदन नआउँदा सम्मका लागि उहाँहरु दुईजनालाई निलम्बन गरिएको छ, यो निर्णय कसैको पक्ष र कसैको बिपक्षमा भन्दा पनि विद्यार्थीको माग र क्याम्पसको हितमा छ’, डाँगीले भने । आजको बैठकले अर्को ब्यवस्था नहुँदा सम्मका लागि सहायक क्याम्पस प्रमुख गणेश पार्धेलाई निमित्त क्याम्पस प्रमुखको जिम्वेवारी दिएको छ । बैठकले मंसिर ३ गते हुने भनिएको क्याम्पसको साधारणसभा स्थगित गर्ने निर्णय गर्दै भोली देखि पठन पाठन सूचारु गर्न सम्बन्धीत पक्षलाई निर्देशन पनि दिएको छ ।


प्राध्यापक संघको विवाद बढ्दै जाँदा लामो समय देखि प्रध्यापनरत पूर्व क्याम्पस प्रमुख आचार्यको शैक्षिक प्रमाणपत्र ‘नक्कली’ भएको भन्ने सम्ममा समाचार स्थानिय अनलाई तथा पत्रपत्रिकामा आएका थिए । त्यस लगत्तै क्याम्पस व्यवस्थापन समितिले पूर्व प्राध्यापक माधव प्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समितिमा पूर्व प्राध्यापक संकर प्रसाद मजगैयाँ र अधिबक्ता प्रदिप धिताल रहेका छन् ।

छानवीन समितिले काम सुरु गरेकाले निस्पक्ष छानविनको अपेक्षा सहित क्याम्पस प्रमुख रेग्मी र सहायक प्रमुख शर्मालाई निलम्वन गरिएको श्रोतले बताएको छ । तर यो निर्णय भएलगत्तै क्याम्पस व्यवस्थापन समितिका अधिकाशं पदाधीकारहरु सम्पर्कमा आउन आनाकानी गर्ने गरेका छन् भने सम्पर्कमा आएकाले पनि अर्कोलाई सिकाउँदै आफु उम्कने प्रयास गरेका छन् । यसैबीच निलम्वनमा पर्नुभएका क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मीले सञ्चालक समितिको निर्णयलाई सहज रुपमा लिएको बताए । फोनमा प्रतिक्रिया दिंदै रेग्मीले क्याम्पसको हितका लागि आफू जुन कुनै मुल्य पनि चुकाउन तयार रहेको बताउनु भयो । ‘छानविनमा सहजता होस् भनेर सञ्चालक समितिले निलम्वनको निर्णय गरेको छ, यो स्वभाविक हो’ रेग्मीले भने । छानविनमा सहजताका लागि आफूहरुको निलम्वन स्वाभाविक भएपनि शैक्षिक प्रमाण पत्र सार्वजनिक गरेको बिषयलाई भने उहाँले अस्विकार गरे । ‘कतिपय शैक्षिक संस्थामा शिक्षकहरुका शैक्षिक प्रमाणपत्र भित्तामै टाँसेका हुन्छन्, यो शैक्षिक प्रमाणपत्र सार्बजनिक गरेको भन्नु सुहाउने कुरा होइन’ रेग्मीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा