२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

भूकम्पले ध्वस्त भएको भगवति उच्च माविको तीन कोठे पक्की भवन पुन निर्माण

२६ आश्विन २०७२, मंगलवार ०८:०१

असोज २६, गोरखा । गोरखा दर्बुङ्गको भगवति उच्च माविको तीन कोठे भवन शिलन्यास
तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गोरखाको दर्बुङ्ग गाविस वार्ड न ४ मा अवस्थित भगवती उच्च
माविका लागि पूर्व विद्यार्थी टंकबहादुुर गुरुङ्गले करिब १५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिदिएका
हुन्।
gorkha 2बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पका
कारण भगवती उमाविका १६ वटा कोठा ध्वस्त भएका थिए। निश्चित स्रोत साधनमा संचालन हुँदै आएको सामुदायिक
विद्यालयका अधिकांस कोठा बस्न र पढ्न नमिल्ने भएपछि केही समयका लागि पठनपाठन नै रोकिएको थियो।

नेपालमा भूकम्पले ठुलो क्षति पुर्याएको खबर पाउने बित्तिकै न्युजल्याण्डमा
बस्दै आएका विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी टंक बहादुर गुरुङ्ग नेपाल आए लगत्तै विद्यालयका
लागि आठ कोठा भएको जस्तापाताको टहरो आफैँले निर्माण गरेका थिए।

gorkha 1

गत सोमबार भवनको शिलन्यास तथा
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका गुरुङ्ले ६ महिना सम्म विद्यालयका लागि आफैँ खटेर
काम गरेको र यही पुन निर्माणकै समयमा धेरै युवाहरुलाई प्राविधिक तालिम समेत दिएको बताएका छन्।

विद्यालयलाई १० वर्षदेखि बार्षिक एक लाख भन्दा बढि सहयोग गर्दै आएका
गुरुङ्गलाई दर्बुङ्ग वासीहरुले फुल माला र सम्मान पत्रद्वारा सम्मान गरेका थिए।

gorkha 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते