२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा आठ स्थानीय तहको सहमति

२०७३, २३ कार्तिक मंगलवार ०५:३२

कात्तिक २३, सोलुखुम्बु । लामो समयको छलफलपछि सोलुखुम्बु जिल्लालाई आठवटा स्थानीय तह बनाउने सहमति भएको छ । 

सर्वदलीय बैठकको लामो प्रयासपछि साविकको एक नगरपालिका र ३० वटा गाविसलाई एक नगरपालिका र सात वटा गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

निर्धारित संरचना अनुसार गोली, चौलाखर्क र भकान्जेको चौलाखर्क केन्द्र रहने गरी लिखु गाउँपालिका, गोराखानी, टाप्टिङ, केरुङ र दूधकुण्ड नगरपालिका साविककै सल्लेरी केन्द्र रहने गरी सोलुदूधकुण्ड नगरपालिका, यस्तै नेले, मुक्ली, देउसा, जुबु, लोखिम, कागेल र पञ्चनलाई मुक्ली केन्द्र रहने गरी थुलुङ दूधकोसी गाउँपालिका र सल्यान, नेचा बतासे, नेचाबेतघारी र तिङलालाई सल्यान केन्द्र रहने गरी नेचा सल्यान गाउँपालिका बनाउने सहमति भएको छ । 

यस्तै, बासा, वाकु, काकु र टाक्सीन्दुको बासाखालीमा केन्द्र रहने गरी बासाखाली गाउँपालिका, बुङ, छेस्काम र गुदेलको बुङमा केन्द्र रहने गरी महाकुलुङ गाउँपालिका, सोताङ र पावै सोताङ बजार केन्द्र रहने गरी सोताङ गाउँपालिका र चौरीखर्क, जुभिङ, नाम्चे र खुम्जुङलाई चौरीखर्कमा केन्द्र रहने गरी खुम्बु गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समिति सोलुखुम्बुले जनाएको छ । 

सबै आठ स्थानीय निकायमा गरी ३५ वटा वडा रहने पनि तय भएको छ । समितिले सो खाका सोमबार नै राज्य पुनःसंरचना आयोगमा पठाइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै